Friday, June 21, 2013

ममा यौनसाथीसँग लामो यौनसम्पर्क राख्न नसक्ने समस्या छ। यो के कारणले भएको हो ?


ममा यौनसाथीसँग लामो यौनसम्पर्क राख्न नसक्ने समस्या छ। यो के कारणले भएको हो ? कृपया मलाई सहयोग ग र्नुहोस्। 


लामो समयसम्म यौन सम्पर्क राख्न नसक्ने कुरा त बुझियो, तर यो समस्या कस्तो हो भन्ने कुराचाहिँ बुझ्न सकिएन। तपाईंको यौनसाथीले सहयोग नगर्नुभएको वा नमान्नुभएको हो भने कुरा अर्कै भयो। तपाईं वा तपाईंको यौनसाथी मानसिक रूपमा तयार हुनुहुन्न भने समस्या एक किसिमको भयो, जस्तै कि चिन्ता वा तनावका कारणले।

 त्यसैगरी शारीरिक रूपमा थकाइ वा कुनै अवस्थताका कारणले यस्तो भएको हो भने पनि कुरा अर्कै भयो। तपाईंको लिङ्ग उत्तेजित नभएका कारण समस्या परेको हो कि शीघ्र स्खलनका कारण भन्ने कुरा पनि थाहा भएन। किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो।
कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव शून्य १ मिनेटमा वीर्य स्खलन भएको थियो। कतिपयले यो समय सामान्य नै भए पनि छोटो भएको मान्ने गरेको पाइन्छ।

 राम्रोसँग लिङ्ग उत्तेजित नहुँदा पनि यौनसम्पर्क छोटो हुन्छ। तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनले दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनुजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन्। शरीरमा भएका अन्य रोग, चोटपटक तथा औषधीको प्रभावले पनि लिङ्गको उत्तेजित नभएको हुनसक्छ। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रू पमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण हुनसक्छ।

 मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या ल्याउन सक्छन्। कतिपय औषधी पनि यसको कारण हुन सक्छ। बढ्दो उमेरसंगै पनि यस्तो समस्या देखिन्छ। त्यसैगरी शीघ्र वीर्य स्खलनका कारण यौनसम्पर्क चाहेको अवधिको नहुनसक्छ। योनिमा घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषह रूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो।

यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ।

 कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ। आफ्नो यौनसाथीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ता (performance anxiety) ले समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही psychotropic drug कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन।

No comments:

Post a Comment