Friday, June 21, 2013

यो कस्तो रोग हो र के गर्दा यो निको हुन्छ ?

मेरो समस्या मेरी छोरीसँग सम्बन्धित छ। मेरी छोरी ४ वर्षकी भईन् । विगत दुई वर्षदेखि खाटमा, टेबुलमा आफ्नो यौनाङ्ग रगड्ने, कहिले कन्याउने गर्छिन्। नगर भन्दा चिलाउँछ भन्छिन्। त्यसो गर्दा यौनाङ्ग रगडिएर पूरै रातो हुन्छ। के हार्मोन बढी भएर यस्तो भएको हो वा यो अरू कुनै रोग हो ? हामीले अनेक उपचार गराइसक्यौं तर समस्यामा केही कमी आएको छैन। यो कस्तो रोग हो र के गर्दा यो निको हुन्छ ? 

यौना· किन रगड्नुपरेको होला ?

 छोरीको यौनाङ्ग चिलाउने समस्यालाई यसरी नियाल्नुभएको र समाधान खोज्ने प्रयास गर्नुभएको कुराले हषिर्त छु। सानै उमेरमा यौनाङ्ग चिलाउने अनेक कारण हुन सक्छन्। केही प्रमुख कारणका बारेमा छोटकरीमा चर्चा गरौं। विचार गर्नुपर्ने मुख्य कुरा के भने बच्चाले भर्खरै मात्र दिसा गरेपछि आफैंले सफा गर्न थालेको हो-होइन, त्यसो भए सरसफाइ पूर्ण नहुन सक्छ, जुन कुराले समस्या निम्त्याएको हुनसक्छ। पिसाब गर्दा ठीकसँग गर्न नसक्नुले पनि यस्तो समस्या बढाउँछ। त्यसैगरी चुर्ना (pin worm) मलद्वारबाट योनितिर आए यस्तो स्थिति उत्पन्न हुनसक्छ। राम्रोसँग हेरे मलद्वारमा चुर्ना देखिन सक्छ। त्यस्तो स्थितिमा जुकाको औषधी खानुपर्ने हुन्छ।
छालाको कुनै खराबी भएको स्थितिमा पनि यस्तो हुन सक्छ। यस्तो स्थितिको पहिचान एवं त्यसको उपचारका लागि चर्मरोग विशेषज्ञको सल्लाह आवश्यक हुन्छ। तपाईंले योनि श्राव हुन्छ कि हुँदैन राम्रोसँग लेख्नुभएको छैन। योनिश्राव हुनुले प्रजनन अङ्गको संक्रमणलाई संकेत गरिरहेको हुन्छ। यदि त्यस्तो स्थिति भए श्रावको परीक्षण गराउनुपर्ने हुन्छ, जसले गर्दा कस्तो किसिमको संक्रमण हो थाहा पाउन सकिन्छ। योनिमा कुनै वस्तु भए त्यसले पनि चिलाउन अनि योनिश्राव गराउन सक्छ। Toilet paper, खेल्ने कुरा, कलम वा इरेजरजस्ता कुराको सानो भाग योनिमा रहेको हुनसक्छ।

विरलै भए पनि केही क्यान्सर पूर्वकिशोरावस्थाका बालिकाहरूमा योनिश्राव हुने वा योनिबाट रगत आउने कारण हुन सक्छ। अर्को विचार गनुपर्ने कुरा के हो भने यसरी सानै उमेरमा यस्ता चिलाउने अनि योनिश्राव हुने जस्ता लक्षण यौनरोगका हुन सक्छन् र यस्तो स्थितिमा कतै यौन शोषणमा परेको त होइन भन्ने कुरामा पनि विचार पुर्‍याउनुपर्छ। यौनाङ्गमा रातोपन आउने पनि अनेक कारण हुनसक्छन्। 

Eczema, seborrhea तथा psoriasis ले रातोपनका साथै irritation तथा चिलाउने कारण हुनसक्छ। Bathtub मा bubble bath धेरै बेर बस्ने, स्याम्पुको अत्यधिक प्रयोग गर्ने, कडा किसिमको डिटरजेन्ट वा bleach को अधिक प्रयोग भए त्यसमा पनि विशेष गरेर भित्री लुगा (अन्डरवेयर) को प्रयोग पनि यस्तो स्थितिको कारक हुन सक्छ। नाइलन वा पोलिस्टरजस्ता कपडाले बनेको भित्री लुगा, lycra short यस्ता कुनै कुरा भए प्रयोग गर्नु बन्द गर्नुपर्छ। सुतीको भित्री पहिरन सबै मौसममा आरामदायक हुन्छ।

 हार्मोनको सन्दर्भमा जवाफ दिइहाल्नुभन्दा पहिले अन्य कुनै लक्षण देखिएका छन् कि छैनन्, जान्न पाए हुन्थ्यो भन्ने लागेको छ।

No comments:

Post a Comment