कुनै दिन त छ/सातपटक पनि लथपथै हुने गरी प्रणयकालका गोमन सापका भालेपोथी बन्थ्यौं हामीहरु । मडारिन्थ्यौं, बढारिन्थ्यौं, लतारिन्थ्यौं ।
वादलझै झरेपछि एकछिनमै कच्याक कुचुक, फेरि बाफिएर एकछिनमै गड्गडे मेघ गर्जन । पलभरमै लल्याकलुलुक धामन साप, पलभरमै फनक्क फणा उठाएको गोमन । उसका मुखबाट पनि गोमनसापकै जस्तो फूँपूको फूँकार पनि निक्लने । त्यो पुकार सुनेर आफू बच्ची त वाल्ल !

नागनागिनीले भोग गरेको भन्दै गाउँलेहरुले गोमन भोग पुजा गरेका थिए । आफू पनि अहिले त्यही गरिरहेको महसूस गर्दा म पक्क पनि पर्थें, छक्क पनि पर्थें । दंग पनि पर्थें, र तरंग पनि भेट्थें ।
मेरो जिऊमात्रै त्यो कोठामा त्यो पुरुषसंग थियो, दिमागमा भने त्यो गोमन क्रिडाको स्मरण आइरहेको थियो । डर पनि लाग्थ्यो, ए कतै हामी पनि गर्मीको तेजले गोमन त भइरहेका छैनौं ? हा … हा … हा ।
कैले त उसका त्यो नै भाले साप भेको हो कि भन्ने डर लागेर हात तान्थें । तर फेरि त्यो मभन्दा बुढो खप्पिस पुरुष, मलाई ललाईफकाई साप समाउन लाइहाल्थ्यो । तर दुलोमा साप नछिर्ने ग्यारेन्टी हुनाले अर्थोक रम्रम् भए पनि डर भने कम्कम् नै हुन्थे ।
गोमनमा पनि अचानक पोथी छुट्टएिर उम्किन खोज्ने, तर भालेले फेरि झम्टेर अँठ्याइहाल्ने …. र फेरि बटारबुटुर … र फेरि मडारमुडुर ।
यसरी गोमनका भालेपोथी क्रिडासँग आफ्नो क्रिडामा म समानता पाउथें । सापहरु पनि खाली बढारिने मात्रै, भालेको त्यो पोथीकोमा प्रवेश गरेको देखिन्नथ्यो ।
हुन त नहुने सवालै छैन, तर नदेखिने मात्र हो । जे भए पनि मैले भने देखिँन वा कलिलो उमेरका कारण त्यो नोटिस नै गरिएन ।
तर बच्चैमा कुकुरहरुको भने सडकमा धेरैपटक प्रवेश क्रिया देखेकै हो । तर हाम्रो भने कुकुरको जस्तो प्रवेश क्रिया नभएर गोमनको जस्तो बटारबुटार र मडारमुडारमात्र भै रहन्थ्यो, मौका भेट्यो कि ।
त्यस्तोबेला यदि गाउँलेहरुले देखे भने, भोग पुजा भन्लान् कि नभन्लान् ? त्यो पनि काइसापको भर्खरकी छोरीको π टाउको झुकाएर, हातले स्वस्ती गरेर, दर्शन भन्लान् कि π मनले धेरै पटक यस्तो सोचेर हाँस उठेकै हो ।
कुरुप अंग :
अचानक हाँस्दा उस्ले के मेरो देखेर हाँस्या भन्थ्यो । लौ न नि, त्यस्तो कुरुप र घिनलाग्दो चिज देखेर को हांस्दो होला, छी, भन्थीं म ।
हुन त अचम्मै हो, हगी ? मानव शरिरका हर अंग सुन्दर बनाएको छ भगवानले । तर केटाहरुका अंग भने किन त्यस्तो कुरुप बना होला ?
तर हेर्नुस् त सर, स्त्रीको त्यो अंग ! कस्तो रुपमय ! स्त्रीको त, अंगको मात्रै के कुरा ? हर अंग अद्वितिय ! हर विन्दू अदभूत ! हर कोण असाधारण !
स्त्रीका त टाउकादेखि तल पैतालालगायत, त्यहां त्यो ठांऊमा पनि अद्वितिय सौन्दर्य हालेको छ भगवानले । प्राकृतिक सिद्धान्त अनुरुप विश्वकर्माको इन्जिनियरिंग अवधारणामा निर्माण गरिएको ठान्छु, म स्त्रीको संवेदनशील अंग । धर्तीकै स्वरुप देखिन्छ स्त्रीका पूर्ण अंग । भित्रको उर्जा भने सौरमन्डलको उर्जाजस्तै ।
कुरुक्षेत्र र विश्वरुप :
कुरुपै भए पनि उन्मत्त अवस्थामा मस्तिमय भइरहेको, यो उन्मत्तेश्वर भैरव देखेपछि पुरुषको पनि विश्वरुप नै देखेझै भने पक्कै महसूस हुन्थ्यो, मलाई पनि ….. हरेकपटक …. हरेक उन्मादका बेला …… ठिक कुरुक्षेत्रमा अज्ञानमा अलमलेको अर्जुनले कृष्णको विश्वरुप देखेझै ।
(गीतकारका रुपमा स्थापित पूर्वजर्नेल राजेन्द्र थापाले मोडल स्मिता थापालाई मूल पात्र बनाएर लेखेको यौन प्रधान उपन्यास ‘खेलौना’को एक अंश)
No comments:
Post a Comment